Rule 3
विद्यालय खोल्ने अनुमतिको लागि निवेदन दिनु पर्ने
(१) प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय वा माध्यमिक विद्यालय खोल्न चाहनेले अनुमतिको लागि शैक्षिक सत्र शुरु हुनुभन्दा कम्तीमा तीन महिना अगावै गाउँ शिक्षा समिति वा नगरपालिकाको सिफारिस सहित अनुसूची–१ बमोजिमको ढाँचामा जिल्ला शिक्षा अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) पूर्व प्राथमिक विद्यालय खोल्न चाहनेले अनुमतिको लागि शैक्षिक सत्र शुरु हुनु भन्दा कम्तीमा दुई महिना अगावै अनुसूची–२ बमोजिमको ढाँचामा सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिका समक्ष निवेदन दिनु पर्नेछ ।